बाग्मती प्रदेश सरकारले सार्वजनिक सवारीको भाडा घटाएको छ । नेपाल आयल निगमले डिजेलको भाउ लिटरमै १० रुपैयाँ घटाएर प्रति लिटर १५५ रुपैयाँ कायम गरेसँगै भाडादर समायोजन गरिएको हो।
बाग्मती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयलेका अनुसार काठमाडौं उपत्याकाभित्र चल्ने सार्वजनिक यात्रुवाहक सवारीको भाडा ५.९ प्रतिशतले घटेको छ । त्यसैगरी काठमाडौं उपत्यकाबाहिर बाहिरका प्रदेशभित्रका क्षेत्रमा चल्ने चल्ने सार्वजनिक सवारीको भाडा दर ४.१८ प्रतिशतले घटेको छ । यस्तै प्रदेशभित्र चल्ने महालवाहक सवारीको भाडा ५.६९ प्रतिशतले घटेको छ।
प्रतिक्रिया