Logo

बैंक / बिमा /शेयर

कुमारी बैंकको संस्थापक सेयर बिक्रिमा


GDP नेपाल
   १२ जेष्ठ २०८०, शुक्रबार


कुमारी बैंकले साविकको एनसीसीको बैंकको नाममा रहेको १४ लाख ८३ हजार ३७८ कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गरेको छ ।

यस लिलामी सेयरमा बैंककै संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् । यसमा न्यूनतम ११० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । लगानीकर्ताले न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

यसमा जेठ १९ गतेसम्म आवेदन दिन मिल्नेछ । बिक्री सनराइज क्यापिटल, कमलपोखरी काठमाडौंमा पुग्ने गरी आवेदन बुझाउनुपर्नेछ । लिलामी सेयरको आवेदन जेठ २१ गते बिहान ११ बजे सनराइज क्यापिटल, कमलपोखरी काठमाडौंमा खोलिनेछ ।

प्रकाशित : १२ जेष्ठ २०८०, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह