Logo

बिजनेस होम

नेपालको हस्पिटालीटी क्षेत्रमा छुट्टै पहिचान बनाउँदै आगन्तुक रिसोर्ट (तस्वीरसहित)


GDP नेपाल
   १४ जेष्ठ २०८०, आइतबार


बनेपाको आगन्तुक रिसोर्टमा आन्तरीक पर्यटकको चहल पहल बढेको छ । ‘भिजिट नेपाल २०२०’ लाई लक्षित गरेर सन् २०१९ मा सञ्चालनमा आएको यस रिसोर्ट पछिल्लो समय आन्तरीक पर्यटकको पहिलो रोजाइमा पर्न थालेको छ ।

७५ रोपनी क्षेत्रफलमा फैलिएको सो रिसोर्टमा ५२ वटा कोठा रहेका छन् जसमा ४४ वटा डिलक्स रुम, ४ वटा स्वीट रुम र ४ वटा मिनी स्वीट रुम रहेका छन् । यो रिसोर्ट पर्यटन व्यवसायी तथा बैंकर कृष्णप्रसाद ज्ञवाली र हरि नेपालले सञ्चालनमा ल्याएका हुन् ।

सञ्चालक ज्ञवालीका अनुसार रिसोर्टमा हाल स्वीमिङ पुल, फिटनेस सेन्टर, रेष्टुरेन्ट, बार लगाएत विभिन्न सेवाहरु उपलब्ध छन् । यस्तै, आउँदो दिनमा आफ्ना सेवाहरुलाई विस्तार गर्दै क्यासिनो समेत सञ्चालनमा ल्याउने तयारी भइरहेको ज्ञवालीले जानकारी दिए । उनका अनुसार रिसोर्ट मुगलाई थिममा निर्माण गरिएको छ । करिब २ अर्ब लागतमा सञ्चालन गरिएको यस रिसोर्टमा ७० जना भन्दा बढीले रोजगारिको अवसर पाएका छन् । सहरी क्षेत्र भन्दा दुई किलोमिटर पर निर्माण गरिएको यस रिसोर्टबाट सगरमाथा लगाएत विभिन्न हिमालको दृश्यावलोकन गर्न सकिन्छ । यहाँ ईटालियन, चाइनिज, कन्टिनेन्टल, थाई लगाएत विभिन्न मुलुकका फरक फरक परिकारको स्वाद लिन सकिन्छ ।

रेसिडेन्ट म्यानेजर विमल पौडेलका अनुसार रिसोर्टमा कोठासहित ब्रेकफास्ट प्याकेजको मूल्य ८ हजार रुपैयाँदेखि २० हजार रुपैयाँ तोकिएको छ भने डिनरसहितको प्याकेज १० देखि ३० हजार रुपैयाँसम्म पर्न आउँछ । यस्तै, रिसोर्टले आन्तरीक र बाह्य पर्पटकहरुका लागि विभिन्न प्रकारका प्याकेजहरु समेत ल्याउने तयारी गरिरहेको पौडेलले जानकारी दिए ।

प्रकाशित : १४ जेष्ठ २०८०, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह