Logo

अर्थनीति

मुलुकको आर्थिक वृद्धिदर २.१६ प्रतिशतमा खुम्चिने


GDP नेपाल
   १४ जेष्ठ २०८०, आइतबार


चालु आर्थिक वर्ष २०७९/८० मा मुलुकको आर्थिक वृद्धिदर २.१६ प्रतिशतमा खसम्चिने अनुमान गरिएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आइतबार प्रतिनिधि सभा बैठकमा आर्थिक सर्वेक्षण, २०७९/८० को प्रतिवेदन सार्वजनिक गर्दै विश्व आर्थिक मन्दीका कारण यस वर्ष आर्थिक वृद्धिदर २.१६ प्रतिशतमा खुम्चिने अनुमान गरिएको बताएका हुन् ।

‘सन् २०२३ को सुरुवाती दिनमा नै विश्व आर्थिक गतिविधिमा आएको सुस्तता सोको प्रत्यक्ष प्रभाव नेपालको अर्थतन्त्रमा समेत परेको छ । यसको प्रभाव थोक तथा खुद्रा व्यापार, निर्माण उत्पादनमूलक उद्योग लगायत समग्र आर्थिक क्रियाकलापमा सङ्कुचन आई चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर २.१६ प्रतिशत मात्र हुने प्रक्षेपण गरिएको छ । वस्तु आयातमा भएको सङ्कुचन र समग्र मागमा आएको सुस्तताले स्रोतमा समेत सङ्कुचन आई वित्तीय व्यवस्थापनमा समस्या आएको छ’ अर्थमन्त्री डा।महतले बताए ।

प्रकाशित : १४ जेष्ठ २०८०, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह