Logo

कर्पोरेट-बजार

चेम्बर अध्यक्ष मल्ल सहितको टोली प्रधानमन्त्रीसंग भारत भ्रमणमा


GDP नेपाल
   १७ जेष्ठ २०८०, बुधबार


चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ल सहितको पदाधिकारी टोली प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डसंग भारत भ्रमणमा गएको छ । निजी क्षेत्रबाट प्रतिनिधत्व गर्दै चेम्बर पदाधिकारी टोली प्रधानमन्त्री दाहालसंग भारत भ्रमणमा गएको हो ।

भ्रमण टोलीमा अध्यक्ष मल्लसंगै निवर्तमान अध्यक्ष राजेशकाजी श्रेष्ठ, उपाध्यक्षहरु दिपक मल्होत्रा र उर्मीला श्रेष्ठ हुनुहुन्छ । प्रधानमन्त्री दाहालले जेठ १७ गते बुधबारदेखि २० गते शनिबारसम्म गर्ने ४ दिने औपचारिक भ्रमणका क्रममा भारतीय निजी क्षेत्रसँग समेत अन्तरक्रिया गर्ने कार्यक्रम तय भएको छ ।

यस्तै नेपाल भारतका निजी क्षेत्रका प्रतिनिधी संस्थाहरुले समेत दुई पक्षीय व्यापार, लगानी, भन्सार सहजीकरण लगायतका विषयमा अन्तरक्रिया गर्दैछन । भारतीय व्यवसायीहरुसंग ऊर्जा क्षेत्रमा लगानी, पर्यटन तथा मझौला उद्योग व्यवसायमा लगानीको आग्रह गरिने अध्यक्ष राजेन्द्र मल्लले बताउनुभयो ।

 

प्रकाशित : १७ जेष्ठ २०८०, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह