Logo

बिजनेस होम

उद्योगी शिवप्रसाद घिमिरेको ‘शुन्यबाट सुरु भएको व्यापार अपार’ आत्मकथा विमोचन


GDP नेपाल
   १९ जेष्ठ २०८०, शुक्रबार


उद्योगी शिवप्रसाद घिमिरेको आत्मकथा शुन्यबाट सुरु भएको व्यापार अपार पुस्तक सार्वजनिक भएको छ।

आफ्नो ६० औँ जन्मदिनको अवसर पारेर शुक्रबार एक कार्यक्रमका बीच पर्यटनमन्त्री सुदन किराँती र निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाका प्रमुखहरुको हातबाट उनको सो पुस्तक विमोचन गरिएको हो ।

पुस्तकमा उद्योगी घिमिरेले व्यापार देखि राजनीतिसम्मका आफ्ना जीवनका भोगाइहरुलाई लिपिबद्ध रुपमा समेटेका छन् । सन् २०३३ मा सानो घुम्ति पसलबाट व्यवसायमा प्रवेश गरेका घिमिरे हाल नेपालका एक प्रतिष्ठित उद्योगपतिको रुपमा चिनिन्छन् ।

उनले पुस्तकमा आफ्नो बाल्यकाल, व्यवसायको सुरुवात, पेट्रोल पम्प, ग्यास, कृषि हुँदै जलविद्युतसम्मको लगानीका बारेमा चर्चा गरेका छन् ।

नेपाल पेट्रोलियम डिलर्स एशोसिएन र नेपाल एलपि ग्यास उद्योग संघका अध्यक्ष समेत बनिसकेका घिमिरे हाल नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगततर्फबाट केन्द्रीय सदस्य हुन्।

‘सय वटा काम गर्दा ९५ वटा गलत र ५ वटा सही भएपनि ती ९५ गलतलाई ५ सहीले जित्नेछन्,’ उनले बुबाले भनेको विषय उल्लेख गर्दै भने, ‘यसबाट मैले निर्णय लिन डराउनुहुन्न र कमजोर अवस्थामा पनि अघि बढ्ने हिम्मत राख्नुपर्छ भन्ने पाठ सिकेको छु।’

घिमिरे पुस्तकमा सेतो रङको हिरो होण्डा मोटरसाइकल किन्दा सबैभन्दा खुशीको क्षण भएको उल्लेख गर्दै भनेका छन्,‘आजभोलि आफैले चलाउने गाडी मात्रै चाररपाँच वटा छन्। तर त्यतिबेला किनेको मोटरसाइकलकोजस्तो खुशी कहिले पनि भएको थिएन।’

ललिपुरको होटल हिमालयनमा एक भव्य समारोहका साथ सो पुस्तक विमोचन गरिएको थियो ।

 

प्रकाशित : १९ जेष्ठ २०८०, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह