युनिक नेपाल लघुवित्तको एफपीओ बाँडफाँट भएको छ ।
गोलाप्रथामाफृत भएको बाँडफाँटमा ३७ हजार ९४२ जनाले १० कित्ताका दरले सेयर हात पारेका छन् । यस्तै, यी मध्ये ५ जनाले ११ कित्ताका दरले सेयर हात पारेका छन्।
एफपीओमा कुल १३ लाख ५७ हजार १८० जनाले आवेदन दिएका थिए । जसमध्ये १ हजार ४९३ आवेदन रद्द भएको थियो । लघुवित्तले जेठ ११ गतेदेखि ७ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँको दरले कुल ३ लाख ७९ हजार ४२५ कित्ता एफपीओ बिक्री खुला गरेको थियो ।
लगानीकर्ताले बिक्री प्रबन्धकको वेबसाइट, मेरोसेयर एकाउन्ट, युनिक नेपाल लघुवित्तको वेबसाइट तथा सीडीएस एन्ड क्लियरिङले एफपीओ रिजल्ट हेर्न बनाएको वेबसाइट https://iporesult.cdsc.com.np/ बाट रिजल्ट हेर्न सक्छन् ।
प्रतिक्रिया