काठमाडौं । भारतको कोलकातामा सम्पन्न बिमस्टेक वुमन फोरममा नेपाल उद्योग वाणिज्य महासंघको महिला उद्यमी विकास समिति सभापति कमला श्रेष्ठ सहभागी भएकी छन् ।
‘एक्सप्लोरिङ अपर्चुनिटिज फर कोलाबरेसन अमोङ वुमन इन्टरप्राइजेज एट बिमस्टेक बिजनेस कन्क्लेभ’ सेसनमा महासंघ महिला उद्यमी विकास समिति सभापति श्रेष्ठ सहभागी भएकी हुन् ।
कार्यक्रममा सभापति श्रेष्ठले आफ्नो कार्यपत्र प्रस्तुत गर्दै क्षेत्रीय सहकार्यमा जोड दिएकी थिइन् ।
सम्मेलनमा नेपालका तर्फबाट उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल, महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकाललगायत विभिन्न मुलुकबाट विभागीय मन्त्री तथा व्यावसायिक क्षेत्रका उच्च प्रतिनिधिको सहभागिता थियो ।
प्रतिक्रिया