काठमाडौं । अल्टिमा लाइफस्टाईलले तेज गतिले बढ्दो लाइफस्टाईल एक्सेसरीज ब्रान्ड, जसले आफ्नो स्पिकर वर्ग अन्तर्गत नयाँ “ अल्टिमा डाइनामाइट” लिएर आएको छ ।
गाना सुन्ने सामान्य अनुभवलाई अझै परिस्कृत बनाउने परिकल्पनाका साथ अल्टिमाले नेपाली बजारमा सबै संगीत प्रेमीहरूका लागि आफ्नो उच्च गुणस्तरको स्पिकर सार्वजनिक गरेको हो ।
हालै कम लागतको ब्लुटुथ कलिङ स्मार्टवाच “वाच म्याजिक“ले नेपालको ई–कमर्स लन्च इतिहासमा नयाँ किर्तीमान कायम गर्न सफल भएको छ। नेपालको सबैभन्दा ठुलो ई –कमर्स प्लेटफर्म – ‘दराज’ बाट लन्च–डेमा मात्र २३० भन्दा बढी पिस वाच म्याजिक बिक्री गरेर स्मार्टवाचको बिक्रीमा नयाँ रेकर्ड कायम गरेको थियो ।
अल्टिमा डाइनामाइट स्पिकरमा रहेको १८०० एमएएच ब्याट्रीका कारण स्पिकरले ११ घण्टा सम्म राम्रो प्लेब्याक प्रदान गर्दछ। यस स्पिकरमा रहेको क्ष्एह्ट को विशेषता पानी र झटका प्रतिरोध गर्ने हो जसले गर्दा यो स्पिकर साथीहरूसँग पिकनिक, पैदल यात्रा, क्याम्पिङ, वा कुनै पनि प्रकारको इनडोर र आउटडोर गतिविधिहरू गर्न तपाईंको एक उत्तम सहयोगी हुन सक्छ। साथै, यो सानो कम्प्याक्ट स्पिकरमा सबैभन्दा नयाँ–पुस्ताको ब्लुटुथ भीफाइभ प्रविधि र एयूएक्स माइक्रो एसडी कम्प्यातिबिलिटी प्रबिधि जडित रहेको छ ।
यो कम्प्याक्ट डिजाइनको स्पिकर भएकोले यसलाई सजिलै झोलामा झुण्डाएर वा खल्तीभित्र हालेर साथमा बोक्न सकिन्छ।
नवरचना र ग्राहक सन्तुष्टिमा दृढताका साथ ध्यान केन्द्रित गर्दै, अल्टिमाका संस्थापक अमित अग्रवालले भने, “हामी अडियो क्षेत्रमा एक उदीयमान ब्रान्डको रूपमा यो स्पिकरले हाम्रो नवीनताप्रतिको प्रतिबद्धता प्रस्ट दर्शाउनेमा विश्वस्त छौं ।”
अल्टिमा डाइनामाइटको मूल्य २ हजार ५९९ रुपैयाँ रहेको छ, तर विशेष लन्च अफरको रूपमा, पहिलो १०० ग्राहकहरूले यो स्पिकर मात्र १ हजार ९९९ मा दराज बाट असार ०७ गते खरिद गर्न सक्नेछन् ।
प्रतिक्रिया