Logo

राजनीति

बजेटकाे पक्षमा मतदान गर्न कांग्रेसद्वारा ह्वीप जारी


GDP नेपाल
   १२ असार २०८०, मंगलबार


बजेट पारित गर्नका लागि कांग्रेसले आफ्ना सांसदलाई ह्वीप जारी गरेको छ । बुधबार बजेट पारितका लागि बस्ने संसद बैठकमा अनिवार्य उपस्थित भई पक्षमा मतदान गर्न कांग्रेसले आफ्ना सांसदलाई ह्वीप जारी गरेको हो ।

कांग्रेसले ह्वीप जारी गरिएको पत्रमा भनिएको छ, ‘असार १३ गते बिहान ११ः०० बस्ने प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयक, २०५० (आ/ब/२०८०/८/१ को बजेट) निर्णयार्थ प्रस्तुत हुने हुँदा उक्त दिनको बैठकमा अनिवार्य उपस्थित हुन, विनियोजन विधेयक, २०८० को पक्षमा मतदान गर्न र तटस्थ नरहन यो ह्वीप जारी गरिन्छ।’

प्रकाशित : १२ असार २०८०, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह