Logo

राजनीति

सर्वदलीय बैठक: सभामुखको निर्वाचन २२ गते हुने


GDP नेपाल
   १८ चैत्र २०८२, बुधबार


काठमाडौं । प्रतिनिधिसभाको सभामुखको निर्वाचन २२ गते हुने भएको छ ।

आज बसेको सर्वदलीय बैठकमा २२ गते सभामुखको निर्वाचन गर्ने प्रस्ताव भएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुस्बु ओलीले बताइन् ।

उनले भनिन् ‘२२ गते सभामुखको निर्वाचन गरेर पदबहाली नै गर्ने भन्ने छ । अहिले सम्म को बन्ने त्यो कुरा भएको छैन ।’

यसैगरी सर्वदलीय बैठकमा सर्वदलीय बैठकमा प्रतिनिधिसभाको बैठक सुचारु गर्न सम्बन्धित विषयमा पनि छलफल भएको राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले बताए ।

उनले भने, ‘प्रतिनिधिसभाको बैठक सुचारु गर्न सर्वदलीय बैठकमा छलफल गरियो । यसमा कुनै दलले विशेष प्रस्ताव भने राखेको छैन । तर प्रतिनिधिसभाको बैठक सुचारु हुने देखिएको छ ।’

प्रकाशित : १८ चैत्र २०८२, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह