होन्डाको नेपालका लागि आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले पहिलोपटक हाइब्रिड सेडान भित्र्याउने भएको छ ।
नेपाली बजारमा कम्पनीले यसै महिनाभित्र होन्डाको हाइब्रिड सेडान ईःएचईभी होन्डा सिटी २०२३ भित्र्याउने तयारी थालेको हो । यसको मूल्य अहिले आधिकारीक रुपमा सार्वजनिक नभएपनि ८० लाख देखि ९० लाख रुपैयाँसम्म पर्नसक्ने अनुमान छ ।
१.५ लिटरको पेट्रोल इन्जिन दिइएको यस सेडानमा २ वटा मोटर र सेल्फ चार्जिङ सुविधा भएको इन्टेलिजेन्ट लिथियम आयोन ब्याट्री उपलब्ध हुन्छ । यसले ९६.५ बीएचपी पावर र १२७ एनएम टर्क जेनेरेट गर्छ ।
हाइब्रिड तरिकाले चलाउन सकिने यस गाडीमा १६५ एमएम ग्राउन्ड क्लियरेन्स भएको ईःएचईभीको टर्निङ रेडियस ५.३ मिटर र फ्युल ट्यांक ४० लिटर उपलब्ध हुन्छ । यसले २६.५ किलोमिटर माइलेज दिने कम्पनीको दावी छ ।
साथै हाइब्रिड सेडानमा एडीएएस तथा इफिसियन्ट इलेक्ट्रिक रिजेनेरेटिभ ब्रेकिङ सिस्टमसहित क्रुज कन्ट्रोल, लेन किप असिस्ट सिस्टम, क्विक डिप्लोइमेन्ट टेक्नोलोजी सहितको ६ एयरब्याग, अटोमेटिक ब्रेक होल्ड सिस्टम, अटोमेटिक क्लाइमेट कन्ट्रोललगायतका सुविधा पनि उपलब्ध छन् ।
प्रतिक्रिया