Logo

कर्पोरेट-बजार

एलायन्स अफ बाइ-नेशनल चेम्बरका प्रतिनिधि र मुख्य सचिव अर्यालबीच भेटवार्ता


GDP नेपाल
   २१ असार २०८०, बिहिबार


संसारभर छरिएर रहेका द्विराष्ट्रिय उद्योग वाणिज्य संघहरुको संस्था एलायन्स अफ बाइ-नेशनल चेम्बरले नेपाल सरकारका मूख्य सचिव डा. बैकुण्ठ अर्यालसँग भेटवार्ता गरेको छ ।

एलायन्सका संयोजक डा. राजेशकाजी श्रेष्ठको नेतृत्वमा गएको एक प्रतिनिधिमण्डलले मूख्य सचिव अर्यालसँग भेट गरी नेपालको निकासी एवं पैठारी व्यापारमा देखिएका समस्या र चुनौतीका विषयमा ध्यानाकर्षण गराएको हो । सो अवसरमा एलायन्सका संयोजक श्रेष्ठले मुलुकको अर्थतन्त्र जटिल अवस्थाबाट गुज्रीरहेकाले यसलाई बचाउन सरकार गम्भीर भएर आर्थिक क्षेत्रको हकहितमा सहि ढंगले लागि पर्नुपर्ने बताए ।

उनले निकासी व्यापारमा देखिएको नितीगत गतिरोधका कारण मुलुकले सोचे जस्ताे निकासी गर्न नसक्दा निर्यात व्यापार कमजोर बनेको टिप्पणी गरे । श्रेष्ठले विदेशी व्यापार अभिवृद्धिका लागि आर्थिक कुटनीतिलाई सबल र सक्षम बनाउनु पर्नेमा जोड दिए ।

सो भेटका अवसरमा मूख्य सचिव अर्यालले प्रतिनिधीमण्डलले राखेका कतिपय सुझावहरुमा आफू जानकार भएकाले त्यसलाई समन्वयात्मक ढंगबाट सरोकारवाला निकायसँग बुझेर हल गर्ने दिशामा आफ्नो भूमीका केन्द्रित रहने बताए ।

भेटघाटका अवसरमा नेपाल ब्राजील चेम्बर अफ कमर्श एण्ड इण्डस्ट्रिजका अध्यक्ष अखिल कुमार चापागाईँ, नेपाल अमेरिका चेम्बर अफ कमर्श एण्ड इण्डस्ट्रिजका अध्यक्ष किरण प्रकाश साख, इटली चेम्बर अफ कमर्श एण्ड इण्डस्ट्रिजका अध्यक्ष संजय अग्रवाल, म्यानमार चेम्बर अफ कमर्श एण्ड इण्डस्ट्रिजका अध्यक्ष शिव कुमार अग्रवाल, नेपाल रसिया चेम्बर अफ कमर्श एण्ड इण्डस्ट्रिजका अध्यक्ष अशोक शेरचन, नेपाल फिलिपिन्स चेम्बर अफ कमर्श एण्ड इण्डस्ट्रिजका अध्यक्ष शोभा ज्ञवाली, जर्मन चेम्बर अफ कमर्श एण्ड इण्डस्ट्रिजका अध्यक्ष सन्तोष कुँवर र महासचिव उत्तम भट्टराई, नेपाल सिंगापुर चेम्बर अफ कमर्श एण्ड इण्डस्ट्रिजका कार्यवाहक अध्यक्ष अमृतप्रसाद देवा, नेपाल भियतनाम चेम्बर अफ कमर्श एण्ड इण्डस्ट्रिजका महासचिव गोपालदास मानन्धर, नेपाल पेरु चेम्बर अफ कमर्श एण्ड इण्डस्ट्रिजका अध्यक्ष सन्दिप खेतान, नेपाल फिनल्याण्ड चेम्बर अफ कमर्श एण्ड इण्डस्ट्रिजका अध्यक्ष मुकुन्द तिमल्सिना लगाएतले निकाशी एवं पैठारी व्यापारमा देखिएका हालका समस्या र चूनौतीका विषयमा आफ्नो धारणा राखेका थिए ।

सो अवसरमा दुई देशिय उद्योग वाणिज्य संघको तर्फबाट मूख्य सचिव अर्याललाई सफल कार्यकालकाे लागि बधाई एवं शुभकामना दिएको थियो ।

प्रकाशित : २१ असार २०८०, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह