Logo

कर्पोरेट-बजार

युवा उद्यमी मञ्च नेपालको अध्यक्षमा साहारा जोशी चयन 


GDP नेपाल
   २५ असार २०८०, सोमबार


नेपाल युवा उद्यमी मञ्चको १९ औँ वार्षिक साधारण सभाले हिमालयन ब्याम्बो प्रालिका कार्यकारी निर्देशक साहारा जोशीलाई अध्यक्षमा चयन गरेको छ ।

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालको प्रमुख आतिथ्यतामा सम्पन्न सभाले साहारा जोशीको अध्यक्षतामा ११ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गरेको हो । जसमा निवर्तमान अध्यक्ष रितेश लामिछाने, प्रथम उपाध्यक्ष कौशल सुन्दर श्रेष्ठ, द्वितिय उपाध्यक्षमा निभिता प्रधान र महिला उपाध्यक्षमा ऋचा श्रेष्ठ चयन भएका छन् । यस्तै, सदस्यहरुमा सुदिप घिमिरे, पवित्र बहादुर गौतम, आभूषण ज्योती कंसाकार, कृष्ण सापकोटा, यूनेश श्रेष्ठ र दिलासा श्रेष्ठ रहेका छन् । यसभन्दा अघि जोशी नेपाल युवा उद्यमी मञ्चको वरिष्ठ उपाध्यक्षमा रहेकी थिइन् ।

सो कार्यक्रमा बोल्दै मन्त्री रिजालले युवा उद्यमीहरुले उद्यमशिलता विकासका लागि पुर्‍याएको योगदानको विषयमा खुलेर प्रशंसा गरे । यस्तै, सुरुमा आफूलाई युवा उद्यमी मञ्चमाथि विश्वास नरहेको बताउँदै मन्त्री रिजालले भने,’ शुरुमा मैले युवा उद्यमी मञ्चले के नै पो गर्न सक्छन् र ? भन्ने ढंगबाट विश्लेषण गरेको थिए, जून अहिले आएर गलत सावित भएको छ ।’

आफूले युवा उद्यमीलाई नबुझेर गलत विश्लेषण गरेकोमा आत्मसमिक्षा गर्दै मन्त्री रिजालले आगामी दिनहरुमा भने मन्त्रालयको तर्फबाट पूर्ण साथ र सहयोग हुने प्रतिबद्धता जनाए । त्यस्तै, मन्त्रालय र युवा उद्यमीहरुबीच सहकार्य गर्ने कार्यमा समेत आफू सकारात्मक रहेको मन्त्री रिजालको भनाई रहेको थियो ।

देशमा रहेका १२ वटा च्याप्टर र ८०० भन्दा बढी युवा उद्यमी संलग्न संगठनहरुले १ लाख ४० हजार मानिसलाई रोजगारी दिन सफल भएको कुरा अत्यन्तै गर्व गर्न लाएक रहेको मन्त्री रिजालले जनाए । 

त्यस्तै, कार्यक्रमा नेपाल उद्योग वाणिज्य महासंघका अधयक्ष चन्द्रप्रसाद ढकालले युवा उद्यमीहरुले पुर्‍याएको योगदानको प्रशंसा गरे । उनले आजका दिनहरुमा कामको खोजीमा नेपाली युवा विदेश पलायन भएकाले युवा श्रमशक्ति बाहिरिँदै गर्दा झण्डै १ लाख ४० हजार युवालाई मन्च आबद्ध उद्यमीहरुले रोजगारी उपलब्ध गराउनु नै गर्वको विषय भएको बताए । उनले युवा उद्यमी मञ्च नेपाल उद्योग वाणिज्य महासंघ अन्र्तगतका युवा उद्यमी मञ्चको रुपमा स्थापित संस्था समेत रहेको बताए ।

त्यस्तै, ढकालले पूर्व मेची देखि पश्चिम महाकालीसम्म सातै वटा प्रदेशमा आफ्नो च्याप्टर विस्तार गर्न सफल भएकोमा नेपाल युवा उद्यमी मञ्चलाई बधाई एवं धन्यवाद दिए । 

कार्यक्रममा मञ्चकी नवनिर्वाचित अध्यक्ष साहारा जोशीले आफ्नो कार्यकाल सम्झन लाएक बनाउने र एक वर्षको अवधिमा युवा उद्यमीहरुको आवद्धतालाई प्रार्थमिकता दिँदै उनीहरुका समस्या र चुनौतीलाई आत्मसाथ गर्दै क्षमता अभिवृद्धिमा महत्वपूर्ण भूमीका निर्वाह गर्ने बताइन् । 

कार्यक्रममा वर्षभरि उत्कृष्ट कार्य गरेवापत एनवाईईएफ च्याप्टरहरुलाई पुरस्कृत गरिएको थियो । सो अवसरमा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष कुशकुमार जोशी, वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ, वस्तुगत उपाध्यक्ष हेमराज ढकाल र एशोसियट उपाध्यक्ष जोत्सना श्रेष्ठको सहभागीता रहेको थियो । 

प्रकाशित : २५ असार २०८०, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह