धितोपत्र बोर्डले थप दुई जलविद्युत् कम्पनीलाई आईपीओ निष्कासन अनुमति दिएको छ। बोर्डले चिर्खुवा हाइड्रोपावर र माथिल्लो मैलुङखोला जलविद्युत्लाई सेयर निष्कासन अनुमति दिएको हो।
चिर्खुवा हाइड्रोपावरले १२ करोड बराबरको १२ लाख कित्ता आईपीओ निष्कासन गर्नेछ। कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट बैंकिङ रहेको छ।
यस्तै, बोर्डले माथिल्लो मैलुङखोला जलविद्युत्लाई २५ लाख कित्ता आईपीओ बिक्री अनुमति दिएको छ। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ।
प्रतिक्रिया