Logo

कर्पोरेट-बजार

इक्यानको अध्यक्षमा विष्णुहरि पाण्डेको उम्मेदवारी


GDP नेपाल
   २७ असार २०८०, बुधबार


नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आसन्न महाधिवेशनमा विष्णुहरि पाण्डेले उम्मेदवारी घोषणा गरेका छन् । इक्यानको अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका पाण्डेले इक्यानभित्र हरेक मतदाताको आवाज सुन्ने, पारदर्शी तथा समावेशी र स्वतन्त्र सञ्चार स्थापित गराउने आफ्नो मुख्य एजेण्डा रहेको बताएका छन् ।

यस्तै, २० महिनामै नेतृत्व हस्तान्तरण गर्ने, प्रत्येक ३ महिनामा पत्रकार सम्मेलन गरेर इक्यानको कार्य प्रगति विवरण सार्वजनिक गर्ने, ६ महिनाभित्र संस्थाको घर खरिदका लागि काम सुरु गर्ने तथा घरको किस्ता तिर्नका लागि स्थायी स्रोतको व्यवस्थापन गर्ने उनका थप एजेण्डा रहेका छन् ।

संघको पूर्व अध्यक्ष समेत रहेका पाण्डेले उम्मेद्वारी दर्ता गराउँदै शैक्षिक परामर्श क्षेत्रमा काम गर्ने संस्थाको छाता संगठनको रुपमा रहेको इक्यानले तालिम र व्यवसायीक विकासमा जोड दिने, इक्यानका शाखालाई आर्थिक अधिकार दिएर सम्पन्न बनाउने, इक्यानलाई नेता संगठनको रुपमा विकास गर्ने, सरकारसँगको लबिङ पछि धरौटी रोक्ने र जिल्लाहरुमा शाखा खोल्ने जस्ता प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रकाशित : २७ असार २०८०, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह