एनएलजी इन्स्योरेन्सले विशेष साधारण सभा डाकेको छ । सभा साउन १५ गते आम्रपाली ब्यांकेट, बालुवाटार काठमाडौंमा बिहान १०ः३० बजे सुरु हुनेछ ।
उक्त सभामा कम्पनीले हाल कायम चुक्ता पुँजीमा ६६ प्तिशत (१०ः६.६ अनुपातमा) हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव सभामा पेश गर्ने छ । हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ४५ करोड ९२ लाख ७५ हजार ७९० रुपैयाँ रहेको छ । उक्त पुँजीमा ६६ प्रतिशत हकप्रद सेयर जारी गरी चुक्ता पुँजी २ अर्ब ४२ करोड २३ लाख ९७ हजार ८१२ रुपैयाँ पुर्याउने प्रस्ताव सभामा लैजान लागेको हो । हकप्रद सेयर जारीपश्चात पुँजी वृद्धि हुने भएकाले सोही बमोजिम प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने एजेन्डा पनि रहेको छ ।
विशेष सभा प्रयोजनका लागि साउन ८ गते बुक क्लोज हुनेछ । साउन ७ गतेसम्म कायम रहने सेयरधनीहरुले सभामा भाग लिन पाउनेछन् ।
प्रतिक्रिया