ङादी ग्रुप पावरले विशेष साधारण सभा डाकेको छ । सभा साउन १४ गते लर्ड पार्टी भेन्यु, धुम्बाराही काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ ।
सभामा विद्युत नियमन आयोगबाट स्वीकृत भए अनुसार चुक्ता पुँजीको १ः१ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारित गरिनेछ । हाल ङादी ग्रुपको चुक्ता पुँजी १ अर्ब ८५ करोड १२ लाख ७९ हजार २२२ रुपैयाँ रहेको छ । कम्पनीले सोही पुँजीमा १०० प्रतिशत हकप्रद सेयर जारी गर्न लागेको हो । हकप्रद सेयर जारी गरेपछि यसको पुँजी ३ अर्ब ७० करोड २५ लाख ५८ हजार रुपैयाँ पुग्नेछ ।
सभा प्रयोजनको लागि कम्पनीले साउन ४ गते बुक क्लोज गर्नेछ । यसर्थ, साउन ३ गतेसम्म कायम सेयरधनी मात्र कम्पनीको सभामा भाग लिन सक्नेछन् ।
प्रतिक्रिया