Logo

कर्पोरेट-बजार

उजुरीको आधारमा उद्यमी व्यवसायी पक्राउ पर्नाले औद्योगिक वातावरणमा असर: सिमेन्ट उत्पादक संघ


GDP नेपाल
   ३१ असार २०८०, आइतबार


नेपाल सिमेन्ट उद्योगले उजुरीको आधारमा उद्योगी तथा व्यवसायीलाई पक्राउ गर्दा औद्योगिक वातावरणमा नकारात्मक असर पर्ने बताएको छ ।

मारुती सिमेन्ट उद्योगका संचालक र कर्मचारीमाथि पक्राउ पूर्जी जारी भएको विषयमा विज्ञप्ति निकाल्दै संघले दोषी ठहर नभई उद्योगी तथा व्यवसायीमाथि धरपकड गर्ने कार्यले औद्योगिक वातावरणमा असर पर्ने जनाएको हो ।

‘कुनै व्यक्तिले निहीत स्वार्थको लागि दिएको उजुरीको आधारमा अरबौं लगानी गरेका, हजारौंको संख्यालाई रोजगारी दिएका, करोडौं रकम राजश्व तिर्ने उद्यमी, व्यवसायीलाई अमर्यादित व्यवहार गरी थुन्ने तथा पक्राउ पूर्जी जारी गर्नेजस्ता कार्यहरु गर्नु, गराउनुले समग्र औद्योगिक वातावरणमा नकारात्मक असर पर्न जाने प्रष्ट छ’ विज्ञप्तिमा उल्लेख छ ।

यस्तै, नेपालमा उत्पादित सिमेन्ट ब्याच अनुसार प्रयोगशालामा परिक्षण हुँदै आएको जनाउँदै संघले भनेको छ, ‘नेपालमा सिमेन्टको बिक्री वितरणमा गुणस्तर प्रमाण चिन्ह अनिवार्य रहेको र उद्योगले आफ्नो उत्पादन (सिमेन्ट) ब्याच अनुसार प्रयोगशालामा परीक्षण गरेपश्चात मात्र बिक्री वितरणका लागि बजारमा पठाउने कार्य गर्दै आइरहेका छन् । समय समयमा सिमेन्टको गुणस्तर नेपाल गुणस्तर तथा नापतौल विभागबाट पनि परीक्षण हुँदै आइरहेको छ ।’

प्रकाशित : ३१ असार २०८०, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह