सानिमा बैंकले आईएसओ २७००१ प्रमाणपत्र प्राप्त गरेको छ ।
बैंकले सूचना प्रविधि सम्बन्धी आन्तरिक तथा बाह्य ग्राहकलाई सुरक्षित र गुणस्तरीय सेवाहरू प्रदान गरेका कारण २७००१ प्रमाणपत्र प्राप्त गर्न सफल भएको हो ।
आईएसओ १७००१ प्रमाणीकरण प्रक्रियामा बैंकको सूचना सुरक्षा व्यवस्थापन प्रणालीको मूल्याङ्कन गरिन्छ । सो मूल्यांकन मान्यता प्राप्त प्रमाणीकरण निकाय ‘एएमटीआईभीओ’द्वारा सम्पन्न गरिएको हो ।
मूल्यांकनकर्ताका अनुसार सानिमा बैंकले ग्राहकको डाटा र आफ्नो प्रणालीको सुरक्षालाई सधैं प्राथमिकतामा राखेको छ । साथै यस प्रमाणीकरणले सानिमा बैंकले आफ्ना ग्राहकहरूको डाटालाई अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त मापदण्डहरू अनुसार निरन्तर रूपमा सुरक्षित राखेको प्रमाणीत हुने र यसले ग्राहकमा बैंकप्रतिको विश्वास अभै बढ्ने बताइएको छ ।
प्रतिक्रिया