हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक सेयर बिक्रीमा आएको छ । कम्पनीले ५१ हजार ४५० कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।
सो सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीहरूले ३५ दिनभित्र कम्पनीको केन्द्रिय कार्यालय मनकामना मार्ग हात्तिसार, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ । उक्त सेयरको मूल्य प्रतिकित्ता ३१० रूपैयाँ तोकिएको छ । शेयर खरीद गर्दा विद्यमान संस्थापक सेयरधनीहरूले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी खरीद आवेदन पेश गर्नुपर्नेछ ।
तोकिएको अवधिमा विद्यमान संस्थापक सेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा हअन्य व्यक्ति तथा संस्थाहरूमा यो सेयर बिक्री गरिने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया