लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल (एलआईसी नेपाल) ले २०औं साधारणसभा डाकेको छ । सभा साउन १७ गते लिसारा रिसेप्सन भगवती बहाल काठमाडौंमा दिउँसो ४ बजे सुरु हुनेछ ।
सभामा ४.६५ प्रतिशत संस्थापक सेयरलाई सर्वसाधारणमा परिवर्तन गर्ने प्रस्ताव रहेको छ । यस्तै, कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने एजेन्डा छ । सभामा कम्पनीको आर्थिक वर्ष २०७७र७८ को नाफा नोक्सानसम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । सभामा आर्थिक वर्ष २०७८र७९ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ ।
सासभा प्रयोजनका लागि कम्पनीले साउन ९ गते बुक क्लोज गर्दैछ । ८ साउनसम्म कायम रहेका सेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन् ।
प्रतिक्रिया