हिमालयन बैंक लिमिटेडको संस्थापक सेयर बिक्रीमा आएको छ । बैंकले ७ लाख ५१ हजार ६८० कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो।
उक्त सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुले ३५ दिनभिज्ञ आवेदन दिनुपर्ने छ । सेयरधनीहरुले काठमाण्डौको कमलादीस्थित बैंकको केन्द्रीय कार्यालयमा खरिद आवेदन दिनुपर्नेछ। सेयरको मूल्य फरक–फरक रहेकोले मूल्यसम्बन्धी जानकारी कार्यालयबाट लिन सकिनेछ।
यस्तै, तोकिएको मितिभित्र संस्थापक सेयरधनीहरुबाट खरिद आवेदन नपरेमा अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने बैंकले जनाएको छ।
प्रतिक्रिया