वाणिज्य बैंकहरुले गत आर्थिक वर्ष २०७९/८० को जेठ मसान्तसम्ममा ६७ अर्ब २३ करोड रुपैयाँ नाफा कमाएका छन् । एघार महिनाको अवधिमा २१ वटा वाणिज्य बैंकहरुले ६७ अर्ब १३ करोड रुपैयाँ नाफा कमाएका हुन् ।
सबैभन्दा धेरै नाफा कमाउनेमा नबिल बैंक रहेको छ । नबिल बैंकले सो अवधिमा ७ अर्ब ११ करोड नाफा आर्जन गरेको छ ।
त्यस्तै, ग्लोबल आइएमई बैंकले ६ अर्ब ५० करोड रुपैयाँ नाफा कमाएको छ । नेपाल इन्भेष्टमेन्ट मेगा, एनआइसी एसिया र राष्ट्रिय वाणिज्य बैंकको नाफा ४ अर्बभन्दा माथि छ ।
प्रतिक्रिया