Logo

कर्पोरेट-बजार

नेपाल रत्न तथा आभूषण संघको नयाँ कार्यसमिति गठन, अध्यक्षमा सुमनमान ताम्राकार


GDP नेपाल
   १४ श्रावण २०८०, आइतबार


नेपाल रत्न तथा आभूषण संघको १८ औँ साधारण सभा तथा सातौँ महाधिवेशन सम्पन्न भएको छ । काठमाडौँमा सम्पन्न सभाले सुमनमान ताम्राकारको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

नव निर्वाचित कार्य समितिमा ज्योत्सना श्रेष्ठ निवर्तमान अध्यक्ष, नरेन्द्र कुमार गुप्ता वरिष्ठ उपाध्यक्ष, शक्ति कुमार बेगानी प्रथम उपाध्यक्ष, निर्मल ज्योति तुलाधर द्वितीय उपाध्यक्ष, जयराम पाण्डेय महासचिव, प्रवीण शाक्य सचिव र निभा रत्न शाक्य कोषाध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् । यस्तै, सल्लाहकारमा सुनिल मान ताम्राकार र कार्यकारीणी सदस्यहरुमा लोप्साड. छोडेन शेर्पा, बिकास जोधानी, सुरेश शाक्य, रबिन्द्र रत्न स्थापित, ओनिश शाक्य, निशा महर्जन, पवन कुमार अग्रवाल र लिभा श्रेष्ठ सर्वसम्मत चयन भएका छन् ।

मनोनित कार्यकारीणी सदस्यहरुमा मीरा मानन्धर, मोहन साह, प्रशुन जलान, सुनित कुमार अग्रवाल, प्रिन्स धानुका र जीवन कुमार ठाकुर रहेका छन् भने आमन्त्रित कार्यकारीणी सदस्यहरुमा अजय कुमार राठी, सचिन गुप्ता र सन्नी शाक्य चयन भएका छन् । 

सभामा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले रत्‍न तथा आभूषण व्यवसायको प्रवर्द्धनका लागि सरकार सदैव सकारात्मक रहेको बताएका छन् ।  

नेपाली समाजमा रत्‍न तथा पत्थर जडित सुनचाँदीका कलात्मक गरगहना बनाउने परम्परा रही आएको उल्लेख गर्दै मन्त्री रिजालले नेपालको विविध सांस्कृतिक पर्व, जातीय भेषभूषा र मठमन्दिरमा यस्ता आभुषणको प्रयोग हुँदै आइरहेको बताए । यस्ता कलात्मक आभुषणको खरिद विक्रि विश्व बजारमा समेत हुने गरेको उल्लेख गर्नु हुँदै मन्त्री रिजालले नेपालको कला, संस्कृति र परम्परालाई विश्व सामु चिनाउनुका साथै विदेशी मुद्रा आर्जनमा समेत महत्त्वपूर्ण योगदान पुर्‍याएको बताए ।

मुलुकमा रोजगारी सिर्जना, आयात प्रतिस्थापन, निकासी अभिवृद्धि गरी राजश्वमा योगदान पुर्‍याउँदै आइरहेकोमा व्यवसायी तथा नेपाल रत्‍न तथा आभूषण संघ प्रति मन्त्री रिजालले धन्यवाद व्यक्त गरे ।

2.jpg

3.jpg

प्रकाशित : १४ श्रावण २०८०, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह