हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेड दुई अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानीत भएको छ ।
इन्स्योरेन्स एसिया सिंगापुरले हिमालयन एभरेष्ट इन्स्योरेन्सलाई इन्स्योरेन्स इन्क्लुजन इनिसिएटिभ अफ द इयर नेपाल र न्यू इन्स्योरेन्स प्रडक्ट अफ द इयर नेपाल बाट सम्मान गरेको हो ।
साे समारोहमा कम्पनीका अध्यक्ष महेन्द्रकृष्ण श्रेष्ठ तथा प्रमुख कार्यकारी अधिकृत विजयबहादुर शाहले संयुक्तरूपमा सम्मान ग्रहण गरेका हुन् ।
एशियाकै ख्यातीप्राप्त बीमा समिक्षकहरु PWC Hong Kong. Ernst and Young LLP (EYA KPMG Singapore र Deloittee ले हिमालयन एभरेष्ट इन्स्योरेन्सलाई उक्त पुरस्कारको लागि छनौट गरेको थियो । बीमा व्यवसायलाई समय सापेक्ष प्रविधिमैत्री, आधुनिक र व्यावसायिक बनाउदै लैजाने हिमालयन एभरेष्ट इन्स्योरेन्सको प्रयासलाई पहिचान गरी सम्मान प्रदान गरिएको हो ।
प्रतिक्रिया