Logo

बैंक / बिमा /शेयर

आईपीओ जारी गर्दै होटेल क्राउन इम्पेरियल, बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल


GDP नेपाल
   १६ श्रावण २०८०, मंगलबार


अर्किड होल्डिंग्स लिमिटेडले सञ्चालन गरेको होटेल क्राउन इम्पेरियलले आईपीओ जारी गर्ने भएको छ ।

होटेल क्राउन इम्पेरियलले १ अर्ब १५ करोड रुपैयाँ बराबरको आईपीओ जारी गर्ने भएको हो । जसअनुसार कम्पनीले १०० अंकित दरका कुल १ करोड १५ लाख कित्ता आईपीओ बिक्री खुला गर्नेछ।

यस्तै, होटेल क्राउन इम्पेरियलको आईपीओ बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट नियुक्त भएको छ। बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौतापत्रमा लक्ष्मी क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटा र होटेल क्राउन इम्पेरियलको तर्फबाट प्रबन्ध सञ्चालक सुधिरमान मास्केले हस्ताक्षर गरेका छन्।

प्रकाशित : १६ श्रावण २०८०, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह