एनआइसी एसिया बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ४ अर्ब ६५ करोड १३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्षको सोही अवधिको तुलनामा बैंकको खुद नाफा १०.३५ प्रतिशतले बढेको हो ।
बैंकको खुद ब्याज आम्दानी ९.५८ प्रतिशतले बढेर १२ अर्ब ३७ करोड ११ लाख रुपैयाँ पुगेको छ । साथै, सञ्चालन नाफा पनि १४.४५ प्रतिशत बढेपछि खुद नाफामा वृद्धि भएको हो । रिजर्भमा ४६.०४ प्रतिशत बढेर १४ अर्ब ३८ करोड ८४ लाख ३८ हजार रुपैयाँ जम्मा भएको छ । यता, चुक्ता पुँजी भने ११ अर्ब ५६ करोड ४० लाख ५ हजार रुपैयाँमा स्थिर छ ।
अघिल्लो वर्षको तुलनामा प्रतिसेयर आम्दानी ३.७७ रुपैयाँले बढेर ४०.२२ रुपैयाँ कायम भएको छ । यस बैंकको प्रतिसेयर नेटवर्थ २५६.४१ रुपैयाँ रहेको छ ।
प्रतिक्रिया