हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको १५ लाख ७७ हजार २११ कित्ता सेयर लिलामी बिक्री खुला भएको छ ।
यस लिलामीमा लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्नेछ । यसमा न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । आवेदन दिने अन्तिम म्याद साउन २९ गतेसम्म रहेको छ । यसमा बिक्री प्रबन्धकको काम लक्ष्मी क्यापिटल मार्केटले गर्नेछ ।
लगानीकर्ताले काठमाण्डौको नयाँबानेश्वरस्थित लक्ष्मी क्यापिटल मार्केट, लक्ष्मी सनराइज बैंकका शाखाहरु क्रमशः विराटनगर, बिर्तामोड, वीरगन्ज, जनकपुर, हेटौँडा, नारायणघाट, पोखरा, बागलुङ, बुटवल, नेपालगन्ज, घोराही, सुर्खेत, धनगढी र महेन्द्रनगरबाट आवेदन दिन सक्नेछन्। खरिद आवेदन दिने अन्तिम मिति साउन २९ गते दिउँसो ३ बजेसम्म तोकिएको छ।
प्रतिक्रिया