Logo

बैंक / बिमा /शेयर

क्यूएफएक्समा सनराइजको कार्डबाट २ टिकट किन्दा १ सित्तैमा


appharu
   २१ चैत्र २०७४, बुधबार


जीडीपी नेपाल
काठमाडौं, २१ चैत । सनराइज बैंक लिमिटेडको भिषा डेबिट र क्रेडिट कार्डबाट क्यूएफएक्स सिनेमाको टिकट काट्नेले आकर्षक अफर पाउने भएका छन् । जसअनुसार क्यूएफएक्सका कुनै पनि हलमा लाग्ने सिनेमाको २ वटा टिकट खरिद गर्दा अर्काे एउटा सित्तैमा पाइने बैंकले जनाएको छ ।
बैंकका अनुसार यस योजना क्यूएफएक्स सिनेमाका सम्पुर्ण हलहरुमा खरिद गरिएका टिकटमा लागु हुनेछ । कुनै पनि वस्तु तथा सेवाको उपभोग वा खरिद गर्दा नगदको सट्टामा कार्ड मार्फत भुक्तानी गर्न प्रोत्साहित गर्ने उद्येश्यले बैंकले यो योजना ल्याएको हो । यस किसिमको योजनाबाट ग्राहक वर्गहरु थप लाभान्वित हुने र कारोवार पनि सुरक्षित हुनेमा बैंक विश्वस्त रहेको जनाएको छ ।

प्रकाशित : २१ चैत्र २०७४, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह