Logo

सूचना/प्रविधि

ढुवानी गर्ने क्रममा १० लाख रुपैयाँ बराबरको रिचार्ज कार्ड हरायो


GDP नेपाल
   २४ श्रावण २०८०, बुधबार


ढुवानी गर्ने क्रममा १० लाख रुपैयाँ बराबरको नमस्तेको रिचार्ज कार्ड हराएको छ । 

नेपाल टेलिकमले  बुधबार एक सूचना जारी गर्दै ५० रुपैयाँका दरको २० हजार थान रिचार्ज कार्ड ढुवानीका क्रममा हराएको जानकारी दिएको हो ।

टेलिकमले जारी गरेको सूचनामा लेखिएको छ, ‘यस कम्पनीको रु ५० दरको सि.नं. ११२२१२००१२७८०००१ देखि ११२२१२००१३८०००० सम्मका ’नमस्ते’ ब्रान्डको रिचार्ज कार्ड ढुवानीको क्रममा हराएको हुँदा उक्त सिरियल नं. भएका रिचार्ज कार्डहरू खरिद तथा बिक्री वितरण नगर्नुहुन सम्पूर्ण ग्राहक तथा वितरकहरूमा अनुरोध गरिन्छ । ’

यदि कतै भेटिएमा नजिकैको दूरसञ्चार कार्यालयमा बुझाइदिन टेलिकमको  अनुरोध छ । 

प्रकाशित : २४ श्रावण २०८०, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह