Logo

बैंक / बिमा /शेयर

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको १ लाख ३० हजार कित्ता संस्थापक सेयर बिक्रीमा


GDP नेपाल
   २५ श्रावण २०८०, बिहिबार


सगरमाथा लुम्बिनी इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा आएको छ । कम्पनीले १ लाख ३० हजार ४७९ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।

यसमा कम्पनीका संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । सेयरको मूल्य प्रतिकित्ता ४०० रुपैयाँ तोकिएको छ । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय सुरक्षण भवन, भगवती मार्ग नक्साल काठमाडौंमा के कति सेयर खरिद गर्ने सोको व्यहोरा खुलाई शिलबन्दी निवेदन पेश गर्नुपर्नेछ ।

तोकिएको समयमा संस्थापक सेयरधनीबाट सेयर खरीद निवेदन नआएमा प्रचलित कानुन बमोजिम अन्य लगानीकर्तालाई सेयर बिक्री गर्ने कम्पनीले जनाएको छ ।

प्रकाशित : २५ श्रावण २०८०, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह