Logo

सूचना/प्रविधि

रोयल्टी नतिर्ने ४७ कम्पनीलाई कारवाही गर्ने दूरसञ्चार प्राधिकरणको चेतावनी


GDP नेपाल
   २५ श्रावण २०८०, बिहिबार


नेपाल दूरसञ्चार प्राधिकरणले रोयल्टी तथा ग्रामीण विकास कोष रकम जम्मा नगर्ने ४७ वटा सेवा प्रदायकको विवरण सार्वजनिक गरेको छ। पटक–पटक ताकेता गर्दा समेत रकम दाखिला नभएको बताउँदै प्राधिकरणले ४७ वटा सेवा प्रदायकको सूची सार्वजनिक गरेको हो।

‘नेपाल दूरसंचार प्राधिकरणवाट अनुमतिपत्र प्राप्त देहाय बमोजिमका सेवा प्रदायकहरुले दूरसंचार सेवा संचालन गरे बापत दूरसंचार ऐन, २०५३ बमोजिम आव २०७८/२०७९ मा आर्जन गरेको कूल आम्दानीको ४ प्रतिशतले हुन आउने रोयल्टी र २ प्रतिशतले हुन आउने ग्रामिण दूरसञ्चार विकास कोष वापतको रकम र उक्त आवको वित्तीय विवरण सहित २०७९ पुष मसान्तभित्र दाखिला गर्नु पर्नेमा प्राधिकरणबाट पटक पटक ताकेता गर्दा समेत हालसम्म दाखिला गरेको नपाइएको हुँदा नियमानुसार नेपाल सरकार तथा प्राधिकरणलाई बुझाउनु पर्ने बक्यौता रकम यही २०८० श्रावण मसान्त भित्रमा सेवा प्रदायकको नाम र आर्थिक वर्ष समेत स्पष्ट खुल्ने गरी तोकिएको बैंक खातामा (थप दस्तूर सहित) दाखिला गरी सोको सक्कल भौचर संलग्न गरी पेश गर्नु हुन जानकारी गराइन्छ’, प्राधिकरणले जारी गरेको सूचनामा भनिएको छ ।

यस्तै, निर्धारित समयभित्र रकम दाखिला नगरेमा नियमानुसार हदैसम्मको कारबाही अगाडि बढाइने सूचनामा उल्लेख छ।

प्रकाशित : २५ श्रावण २०८०, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह