इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको संस्थापक सेयर बिक्रीमा आएको छ ।
कम्पनीले १ लाख २० हजार ८८६ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो । सो सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले ३५ दिनभित्र संस्थाको केन्द्रीय कार्यालय, गैंडाकोट, नवलपरासीमा खरिद गर्न चाहेको सेयर संख्या खुलाई आवेदन दिनुपर्नेछ ।
उक्त समयमा संस्थापक सेयरधनीले खरिद नगरे अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गरिने लघुवित्तले जनाएको छ ।
प्रतिक्रिया