Logo

बैंक / बिमा /शेयर

पेट्रोलियम व्यवसायी संघद्वारा ढुवानी व्यवसायीका लागि ‘ट्रान्जीट इन्स्योरेन्स’ को व्यवस्था


GDP नेपाल
   २८ श्रावण २०८०, आइतबार


पेट्रोलियम व्यवसायी संघ नेपालले पेट्रोलियम पदार्थको ढुवानी गर्दै आएका व्यवसायीहरुका लागि नेको इन्स्योरेन्स लिमिटेडसँग सहकार्य गरेको छ ।

संघले नेपाल आयल निगमका डिपोहरुबाट जोखिमपुर्ण रुपमा पेट्रोलियम पदार्थ ढुवानी गर्दै आएका व्यवसायीहरुका लागि नेको इन्स्योरेन्समा ट्रान्जीट इन्स्यारेन्सको व्यवस्था लागु गरेको हो ।

यस बिमा अन्तर्गत व्यवसायीहरुले नेपाल आयल निगमका देशभरका डिपोहरुबाट पेट्रोलियम पदार्थ ढुवानी गरी गन्तव्य स्थान सम्म पुर्याउदा बाटोमा हुने सम्भावित क्षतिको लागी ट्रान्जीट बीमा गराउनु पर्नेछ । त्यस्तै, पेट्रोलियम पदार्थ ढुवानी गर्दा प्रत्येक व्यवसायीको नाममा प्रत्येक चलान अनुसार इन्स्योरेन्सले मु.अ.कर बिजक सहितको बिमालेख प्रत्यक्ष जारी गर्नेछ । यसका साथै, इन्स्योरेन्सले ढुवानी गर्दा टेंकर दुर्घटना भई पेट्रोलियम पदार्थमा हुने क्षतिको जोखिम बहन गर्नेछ ।

प्रकाशित : २८ श्रावण २०८०, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह