Logo

अर्थनीति

व्यक्तिगत फाइदाका लागि बार्गेनिङ नर्गन भन्सार कर्मचारीलाई अर्थमन्त्रीको आग्रह


GDP नेपाल
   २८ श्रावण २०८०, आइतबार


अर्थमन्त्री डा. प्रकाशशरण महतले, कर्मचारीले आयतकर्ता र करदाताहरुलाई अप्ठ्यारोमा पारेर व्यक्तिगत फाइदाका लागि बार्गेनिङ नगर्न सचेत गराएका छन् ।

आईतबार भन्सार बिभागले आयोजना गरेको भन्सार व्यवस्थापन गोष्ठीमा बोल्दै उनले आयतकर्ता र करदाताहरुलाई अप्ठ्यारोमा पारेर व्यक्तिगत फाइदाका लागि कर्मचारीले बार्गेनिङ गर्न नहुने बताए ।

‘सबैभन्दा पहिला कर्मचारीको सोचमा परिवर्तन आउन जरुरी छ । मलाई अधिकार छ, त्यसको दुरुपयोग गरे फरक पर्दैन भन्ने मानसिकता परिवर्तन हुनुपर्छ । मैले धेरै भन्सार नाकाको भ्रमण गरे, कर्मचारीले त्यस किसिमको व्यवहार गरेर रिर्पोटिङ मन्त्रालयमा आइरहेको छ, यो गलत हो, बन्द हुनुपर्छ ।’

बद्लिदो परिस्थितिअनुसार आम जनताको चासो र चिन्तालाई मध्यनजर राखेर भन्सारका कर्मचारी सक्रिय हुन आवश्यक भएको उनको भनाई छ ।

उनले भन्सारका कर्मचारी इमान्दार भए लक्ष्यको शत प्रतिशत राजस्व संकलनमा सफलता प्राप्त हुने बताए।

प्रकाशित : २८ श्रावण २०८०, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह