Logo

बैंक / बिमा /शेयर

रूरू जलविद्युतकाे नाफा २६ प्रतिशतले घट्यो


GDP नेपाल
   २९ श्रावण २०८०, सोमबार


रूरू जलविद्युत् परियोजनाले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ ।

विवरण अनुसार परियोजनाले चौथो त्रैमाससम्ममा ६ करोड ८८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्षको तुलनामा कम्पनीको नाफा २६.०७ प्रतिशतले घटेको हो । अघिल्लो वर्षको यसै अवधिमा कम्पनीले ९ करोड ३० लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

कम्पनीले विद्युत् बिक्रीबाट १३ करोड ४९ लाख रुपैयाँ आर्जन गरेको छ। अघिल्लो वर्ष यसैअवधिमा विद्युत् बिक्रीबाट १६ करोड १९ लाख रुपैयाँ कमाएको कम्पनीको नाफा यस वर्ष १६.६३ प्रतिशतले घटेको हो । यस्तै, कम्पनीको बिक्री लागत पनि ४ करोड ४८ लाख रुपैयाँ नोक्सानमा छ । यसले पनि नाफामा असर गरेको हो ।

असार मसान्तसम्म आइपुग्दा कम्पनीको प्रतिसेयर आम्दानी २० रुपैयाँ ७६ पैसाबाट घटेर १३ रुपैयाँ ९५ पैसा ९वार्षिक० कायम भएको छ । यसको प्रतिसेयर नेटवर्थ १३२ रुपैयाँ २८ पैसा छ ।

प्रकाशित : २९ श्रावण २०८०, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह