हिमालयन बैंकको संस्थापक सेयर बिक्रीमा आएको छ । बैंकले १५ लाख ४० हजार ७४ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।
उक्त सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले ३५ दिनभित्र बैंकको प्रधान कार्यालय कमलादी काठमाडौंमा निवेदन दिनुपर्नेछ ।
यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा सर्वसाधारण लगानीकर्तालाई सेयर बिक्री खुला गरिने बैंकले जनाएको छ ।
प्रतिक्रिया