Logo

बैंक / बिमा /शेयर

शाइन रेसुंगा डेभलपमेन्ट बैंकको संस्थापक सेयर लिलामी बिक्री खुला


GDP नेपाल
   ८ भाद्र २०८०, शुक्रबार


शाइन रेसुंगा डेभलपमेन्ट बैंकको संस्थापक सेयर लिलामीमा बिक्री खुला भएको छ । बैंकले २० हजार कित्ता सेयर लिलामी बिक्री खुला गरेको हो ।

लगानीकर्ताले न्यूनतम १४५ रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्नेछ । न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । आवेदन दिने अन्तिम म्याद भदौ १७ गतेसम्म रहेको छ ।

यो सेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्नेछन् । लिलामीको बोलपत्र बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल, ट्रेड टावर थापाथली काठमाडौंमा बुझाउन सकिनेछ ।

प्रकाशित : ८ भाद्र २०८०, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह