Logo

बैंक / बिमा /शेयर

मल्टीपर्पस फाइनान्सको हकप्रद सेयर बिक्री खुला


GDP नेपाल
   १० भाद्र २०८०, आइतबार


मल्टीपर्पस फाइनान्स कम्पनीले ३५ प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको छ ।

कम्पनीले १ः०.३५ अनुपातमा १५ करोड ८२ लाख रुपैयाँ बराबरको हकप्रद सेयर जारी गरेको हो । जसअनुसार यस कम्पनीले १ सय अंकित मूल्यमा १५ लाख ८२ हजार कित्ता हकप्रद सेयर निष्कासन गरेको छ ।

हकप्रद सेयरको लागि कम्पनीले साउन १२ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, साउन ११ गतेसम्म कायम लगानीकर्ताले हकप्रद सेयरको दाबी गर्न पाउनेछन् ।

यसमा भदौ ३१ गतेसम्म आवेदन दिन सकिनेछ । यसमा मुक्तिनाथ क्यापिटलले बिक्री प्रबन्धकको काम गर्नेछ ।

हकप्रद पश्चात कम्पनीको कूल चुक्ता पूँजी ६१ करोड २ लाख रुपयाँ पुग्नेछ ।

प्रकाशित : १० भाद्र २०८०, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह