सिटिजन्स म्युचुअल फण्ड-२ को लाभांश घोषणा भएको छ ।
सिटिजन्स क्यापिटल व्यवस्थापक र सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत संचालित उक्त फण्डका इकाईधनीहरुलाई आठ प्रतिशत नगद लाभांश प्रस्ताव गरिएको हो । सिटिजन्स क्यापिटलको गत विहीबार बसेको संचालक समितिको बैठकले लाभांश प्रस्ताव गर्ने निर्णय गरेको हो ।
लाभांश वितरण प्रयोजनका लागि सिटिजन्स म्युचुअल फन्ड-२ ले भदौ १९ गते बुक क्लोज गर्ने जनाएको छ । यसर्थ, भदौ १८ गतेसम्म कायम सेयरधनीले मात्र लाभांश सुरक्षित गर्नेछन् ।
प्रतिक्रिया