Logo

राजनीति

शर्मिला कार्कीको मुक्तकसंग्रह ‘पर्वतकिन्नरी’ लोकार्पण


GDP Nepal
   १० भाद्र २०८०, आइतबार


काठमाडौं । साहित्यकार शर्मिलाका कार्की ‘शरु’को मुक्तकसंग्रह ‘पर्वतकिन्नरी’को लोकार्पण भएको छ । मनोहरा साहित्य समाजको ८० औं काव्य शृंखलाको अवसरमा शनिबार ‘पर्वतकिन्नरी’ लोकार्पण गरिएको हो ।

वरिष्ठ गजलकार ज्ञानुवाकर पौडेल, समालोचक तथा कवि कृष्ण प्रधान, मनोहरा साहित्य समाजका अध्यक्ष डिल्लीराज अर्याललगायतले पर्वतकिन्नरी कृतिको लोकार्पण गरेका थिए।

कूल १७५ वटा मुक्तक समावेश भएको पर्वतकिन्नरीमा मानवीय संवेदनाका विधि पक्ष समेटिएका छन् । सामाजिक बेथिति, प्रेम प्रणयपरक तथा देशभक्तिको भावनाजस्ता विषय समेटिएका मुक्तकले समकालीन समाजको सजीव चित्रण गर्ने समालोचक प्रधानले बताए ।

मुक्तककार कार्कीलाई विशिष्ठीकृत हुन सुझाव दिँदै प्रधानले उनको सिर्जनामा साधना र समाजप्रतिको बुझाई अब्बल रहेको झल्किने धारणा राखे ।

गजलकार ज्ञानुवाकर पौडेलले सर्जक शर्मिला कार्कीले पारिवारिक जिम्मेवारी काँधमा बोकिरहँदा पनि बाँकी समय लगाएको साहित्य सिर्जनाले नेपाली साहित्यको मुक्तक विधालाई समृद्ध बनाउन योगदान पुर्याइरहेको धारणा राखे । कार्कीलाई ‘आम नेपालीको साझा कथा र व्यथा पोख्न माहिर मुक्तककार’ भनी वरिष्ठ कवयित्री उषा शेरचनले भनेको प्रशंग उल्लेख गर्दै त्यसमा आफ्नो पनि सहमति रहेको उनको भनाइ छ ।

मुक्तकार कार्कीले मनोहरा साहित्य समाज, समाजका सदस्यहरू तथा सम्पूर्ण सहभागीलाई धन्यवाद अर्पण गर्दै आफूले सिर्जना गरे पनि अग्रज र गुरुहरुको प्रेरणाबिना यो सम्भव नरहेको धारणा रााखेकी थिइन्।

कार्यक्रममा ग्लोबल पब्लिक स्कूलका प्राचार्य मातृका कार्की, ज्येष्ठ नागरिक समाजका अध्यक्ष वसन्तराज कार्की, गीतकार रमेश कार्की र पत्रकार दामोदर न्यौपाने र कृष्ण मर्सानीले शुभकामना मन्तव्य दिएका थिए।

सभाध्यक्ष डिल्लीराज अर्यालको स्वागत मन्तव्यको साथै एक श्लोक कविता वाचनबाट उदघाटन गरिएको रचना वाचनमा रचना दाहाल, भोजराज मुखाले, रवीन्द्र आशीष, पार्वती भट्ट, शम्भु गजुरेल, निर्मलरमण पराजुली, टीएन भट्ट विश्वामित्र, रुद्र अधिकारी, गणेश खतिवडा, बुद्धिसागर पौडेल, रत्ननिधि रेग्मी, भुवन शिवाकोटी चौघरे, लीलाराज दाहाल, मधुसूदन लामिछाने, अप्सरा पोख्रेल, दिल पौडेल, नूरदेव खनाल, रमेश कार्की लगायतले रचना वाचन गरेका थिए।

प्रकाशित : १० भाद्र २०८०, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह