नबिल बैंक लिमिटेड ‘सेल्स एक्सिलेन्स अवार्ड २०२३’बाट सम्मानित भएको छ । ग्रोथ लिडरशीप एकाडेमीले आयोजना गरेको ‘सेल्स समिट’मा नबिल बैंक बैंक तथा वित्तीय संस्था विधा अन्तर्गत सेल्स एकिसलेन्स अवाडबाट सम्मानित भएको हो ।
कार्यक्रममा नेपाल बैंकर्स एसोशियनका अध्यक्ष सुनिल केसीले नबिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीलाई अवार्ड हस्तान्तरण गरेका थिए ।
मर्जर एक्वीजीसन पश्चात्का वर्षहरुमा बैंकहरुमा हुने समायोजनका कारण व्यवसाय वृद्धिमा असर पर्ने सामान्य अवस्था भन्दा भिन्न हिसाबले नबिल बैंकले आर्थिक वर्ष २०७९/८० मा बैंकिङ क्षेत्रकै सबैभन्दा बढी व्यवसाय वृद्धि गर्न सफल गरेकाले यो अवार्डमा छनौट भएको आयोजकको भनाई छ ।
उक्त कार्यक्रममा नबिल लगायत ११ संस्था र १० व्यक्तिलाई सेल्स र मार्केटिङ्गको विभिन्न विधाका अवार्डबाट सम्मानित गरिएको छ ।
प्रतिक्रिया