Logo

Uncategorized

नेपाल तयारी पोशाक उद्योग संघ र रोमानिया चेम्बर अफ कमर्सबीच व्यापार विस्तारको समझदारी


GDP नेपाल
   ११ भाद्र २०८०, सोमबार


नेपाल तयारी पोशाक उद्योग संघ र रोमानिया चेम्बर अफ कमर्सबीच व्यापार विस्तार एवं आपसी सहकार्य गर्न समझदारी भएको छ ।

नेपाल तयारी पोशाक उद्योग संघका अध्यक्ष पशुपतिवेव पाण्डे र रोमानिया चेम्बर अफ कमर्सका प्रमुख कार्यकारी अधिकृत (सिइओ) बीच सो समझदारी भएको हो ।

नेपाल तयारी पोशाक उद्योग संघले आइतबार काठमाडौमा आयोजना गरेको नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारी तथा कार्यकारिणी बस्तुगत तर्फबाट निर्वाचित व्यवसायीहरुको सम्मानमा आयोजित बधाई एवं शुभकामना कार्यक्रममा संघका अध्यक्ष पाण्डे र रोमानिया चेम्बर अफ कमर्सका प्रमुख कार्यकारी अधिकृत (सिइओ) बीच सो समझदारीपत्रमा संयुक्त हस्ताक्षर भएको हो ।

यो समझदारीबाट नेपालमा उत्पादित तयारी पोशाक लगायत विभिन्न निर्यातजन्य बस्तुहरुको बजार विस्तार तथा आपसी व्यवसायीक सहकार्यमा थप सहयोग पुग्ने अपेक्षा गरिएको संघका अध्यक्ष पाण्डेले बताए । संघका तर्फबाट हालसम्म भएका विविध गतिविधीहरुबारे जानकारी गराउँदै उनले रोमानिया चेम्बर अफ कमर्ससँगको यो समझदारी एकदमै महत्वपूर्ण र फलदायी हुने दावी गरे ।

सो कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघका आफुले नेतृत्व सम्हालेदखि अहिलेसम्म धेरै काम गरेको दावी गर्दै अब धमाधम कामको परिणाम आउने बताए । महासंघलाई अहिलेको यो अवस्थामा ल्याउन नेपाल तयारी पोशाक उद्योग संघ लगायत सबै संघहरु तथा यस्तो बस्तुगत संघहरुले आफुलाई धेरै सहयोग गरेको भन्दै उनले आगामी दिनमा पनि आम व्यवसायीको यस्तै साथ र सहयोग पाउने अपेक्षा गरेको बताए ।

उनले आफु महासंघको नेतृत्वमा बसेर काम गर्दा खुट्टा नकमाई निजि क्षेत्रका समस्या समाधान गर्न पहल गर्ने प्रतिवद्धता समेत जनाए ।

काठमाडौ क्षेत्र नं. ७ का प्रतिनिधी सभा सदस्य तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले देसको निर्यात प्रर्वद्धनकालागि आफुले संसदमा सक्दो काम गरेर देखाउने बाचा गरे । यसैगरी, उनले सरकारले अनलाईन व्यापार गर्नेलाई जेल हाल्ने कानून बनाएर व्यवसायीलाई निरुत्साहित गरेकाले अब आफुले संसद् स्वदेशी उद्योगीको पक्षमा चर्को आवाज उठाउने आश्वासन दिए ।

नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष अन्जनकुमार श्रेष्ठले पनि तयारी पोशाक उद्योगको प्रवद्र्धनकालदागि महासंघले थप राम्रा काम गर्दै अघिबढ्ने प्रतिवद्धता व्यक्त गरे ।

महासंघका अध्यक्ष ढकाल लगायत बस्तुगत कार्यकारिणी सदस्यहरुलाई सम्मान गरिएको सो कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधीहरुको बाक्लो उपस्थिती रहेको थियो ।

प्रकाशित : ११ भाद्र २०८०, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह