उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले औद्योगिक क्षेत्रको विकास हुन नसकेको यथार्थलाई स्वीकार गर्नै पर्ने बताएका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित विचार गोष्ठीमा उनले कठिन भू धरातलका कारण ठूला उद्योग संञ्चालनको लागि आवश्यक पूर्वाधार निमार्ण गर्न समेत कठिन भएको बताए ।
उनले भने,‘यतिका वर्ष बितिसक्दा पनि हामीले औद्योगिक क्षेत्रमा अपेक्षित विकास गर्न नसकेको तितो यथार्थ स्वीकार गर्नै पर्छ । औद्योगिक क्षेत्रको विकासमा हामीले विभिन्न चुनौतिहरूको सामना गरिरहनु परेको छ । एकातिर हाम्रो कठिन भू धरातलका कारण ठूला उद्योग संञ्चालनको लागि आवश्यक पूर्वाधार निमार्ण गर्न निकै कठिन छ ।’
उनले कुनै पनि मुलुकको आर्थिक विकासको कार्यमा औद्योगिक क्षेत्रको अहम् भूमिका हुने गरेको बताए ।
प्रतिक्रिया