Logo

सूचना/प्रविधि

लिट्मस केबल्सद्धारा नेपालकै पहिलो ह्यालोजनमुक्त ‘ईकोवायर-ZH’ तार सार्वजनिक


GDP नेपाल
   २२ भाद्र २०८०, शुक्रबार


लिट्मस केबल्सले अत्याधुनिक जर्मन प्रविधिद्वारा नेपालमै उत्पादन गरिएको  ईकोवायर-ZH (Ecowire-ZH) सार्वजनिक गरेको छ ।

ह्यालोजनमुक्त Ecowire-ZH नेपालको विद्युतीय उद्योगमा एक महत्वपूर्ण कोसेढुङ्गाको रुपमा रहनुका साथ साथै यसले ग्राहकवर्गमा अझ बढी र उच्च कोटीको सुरक्षाको अनुमति दिनेमा कम्पनी विश्वस्त छ ।

यस प्रविधिले आवासिय भवन, विद्यालय, अस्पताल, मल, सिनेमा हल, मनोरञ्जनात्मक स्थल वा कार्यालय लगाएत अत्याधिक बिजुलीका तारहरु प्रयोग हुने ठाउँमा आगलागीको जोखिमलाई कम गर्ने बताइएको छ ।

लिट्मस इन्डस्ट्रिज लिमिटेडमा प्रबन्ध निदेशक रोहित गुप्ताले लिट्मस “Ecowire-ZH नेपालमै पहिलो ह्यालोजन मुक्त एकमात्र तार रहेको बताएका छन् । उनले ग्राहकवर्गको माग, सुरक्षालाई आत्मसात गरी नयाँ नयाँ प्रविधि तथा नविनतम उत्पादनहरु बजारमा ल्याउने बताए ।

यस्तै, लिट्मस इन्डस्ट्रीज लिमिटेडका उपाध्यक्ष सरोज मिश्रले बजारमा लिट्मस Ecowire-ZH को विश्वसनीयतामा जोड दिँदै यसको अतुलनीय सुरक्षा प्रविधिका कारण ग्राहकहरूले यो उत्पादनलाई विश्वास गर्न सक्ने कुरामा जोड दिए । यसको कम धुवाँ र उत्सर्जन-मुक्त विशेषताहरूले सबै प्रयोगकर्ताहरूको लागि उपयुक्त विकल्प बनेको उनले बताए ।

“यसबाहेक, यसको खीया नलाग्ने गुणहरू र आगो प्रतिरोधले समग्र सुरक्षा रुपरेखा बढाउँछ”, उनले भने “विशेष रूपमा, उत्पादनको पर्यावरण-मैत्री डिजाइनले यसको दिगोपन र जिम्मेवारीलाई रेखांकित गर्दछ, यो वातावरणीय रूपमा सचेत उपभोक्ताहरूको रोजाई बन्न सक्छ ।”

ईकोवायर- ZH नेपालमा पहिलो पटक उत्पादित आगो प्रतिरोधी, खीया नलाग्ने, र पर्यावरण मैत्री शून्य ह्यालोजन भएको तार हो । आगलागी हुदाँ ईकोवायर-ZH ले न्यूनतम धुवाँ उत्पादन गर्छ, जसले सुरक्षित निकासी र उद्धार टोलीहरूद्वारा तीव्र उद्धार गर्नमा मद्दत गर्नेछ । यसको आगो प्रतिरोधले आगोको फैलावटलाई रोक्छ, नियन्त्रण र सुरक्षा बढाउँछ साथै यो तार जन–मैत्री, पर्यावरण-मैत्री, र ओजोन मैत्री पनि छ । ह्यालोजन-फ्री फायर रेडिएसन (HFFR) को अद्वितीय संरचनाले आगोको समयमा संरचनात्मक विशिष्टता सुनिश्चित गर्दै विषाक्त धुवाँ र खतरनाक ग्याँसहरू कम गर्दछ ।

परम्परागत तारहरू भन्दा ईकोवायर-ZH ९० र १८० मी बक्स प्याकहरूमा उपलब्ध हुनेछ । आगो लाग्दा यसमा कम धुवाँ तथा उत्सर्जनका कारण यो सबै खाले प्रयोजनका लागि उचित छ । शून्य ह्यालोजन भएको नेपालको पहिलो तारको रूपमा, ईकोवायर-ZH ले सुरक्षित वातावरणमा योगदान पुऱ्याउँछ र विद्युतीय समाधानहरूमा सुरक्षा र जिम्मेवारीप्रति लिट्मस केबल्सको प्रतिबद्धतालाई पुनः पुष्टि गर्दछ ।

प्रकाशित : २२ भाद्र २०८०, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह