Logo

अर्थनीति

यातायात प्राधिकरणले गर्ने ९० प्रतिशत कामका लागि बजेट चाहिँदैन: मेयर बालेन


GDP नेपाल
   २८ भाद्र २०८०, बिहिबार


काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले संघीय राजधानीको सहरी क्षेत्रमा सार्वजनिक यातायात प्राधिकरणले गर्ने ९० प्रतिशत कामका लागि बजेट नचाहिने बताएका छन् ।

बिहिबार काठमाडौंमा आयोजित संघीय राजधानी सहरी क्षेत्र सार्वजनिक यातायात परिषद्को प्रथम परिषद् बैठकमा उनले प्रतिनीधिहरूको सरसल्लाह र सहकार्यबाट धेरै काम गर्न सकिने बताए ।

उनले भने, ‘प्राधिकरणले गर्ने ९० प्रतिशत कामलाई बजेट नै चाहिँदैन । हामी प्रतिनीधिहरूले नै सल्लाह र सहकार्य गरेर गर्न सक्छौं । बजेटको सन्दर्भमा पनि यो प्राधिरकण नभएर धेरै वटा प्रोजेक्टहरू आएका छन्, जसलाई हामीले लिन सकिरहेका छैनौं ।’

उनले प्राविधिक रूपमा के के गर्न सकिन्छ भन्ने कुरा आगामी बैठकमा ल्याउने गरी प्रस्ताव पेश गरेका छन् ।

मेयर साहले संघीय राजधानी सहरी क्षेत्र सार्वजनिक यातायात परिषद्ले लिएको नीतिहरूलाई सरकारले बिकेन्द्रिकृत गर्न खोजेको तर त्यो सबै पालिकाले गर्न सक्ने बताएका छन् ।

प्रकाशित : २८ भाद्र २०८०, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह