Logo

Banner-news

लगानी सम्मेलनः नयाँ बोतलमा पुरानै रक्सी !


GDP Nepal
   ३० फाल्गुन २०७५, बिहिबार


काठमाडौं । सरकारले निकै महत्वाकांक्षी लक्ष्यसहित चैत १५ र १६ मा नेपाल लगानी सम्मेलन गर्दैछ । सम्मेलनको पूर्वतयारीस्वरुप लगानी बोर्डलाई शक्तिशाली बनाउने ऐनदेखि विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐनलगायतको नीतिगत सुधार भइरहेको छ ।

तर, सम्मेलनका लागि लगानीकर्तासामु पेश गरिने आयोजना भने अधिकांश पुरानमात्र छैनन् की अपर्याप्त अध्ययन भएका पनि छन् । सरकारले लगानी सम्मेलनमा शोकेसमा आयोजना राख्ने भनेको छ ।

लगानी सम्मेलनका लागि ५० करोडदेखि ३ खर्ब रुपैयाँसम्मका ४३ परियोजनाको सोकेस तयार भएको छ । यसमा अझै एक दर्जन परियोजना थप्ने सरकारको तयारी छ । अहिलेसम्म सार्वजनिक भएका आयोजनाको प्रकृति हेर्दा यसलाई नयाँ बोतलमा पुरानै रक्सी भन्न सकिने यस क्षेत्रका जानकारहरु बताउँछन् ।

अर्थमन्त्रीको संयोजकत्वमा रहेको लगानी सम्मेलन २०१९ को निर्देशक समितिले निजी क्षेत्रका १० परियोजनासहित ४३ परियोजनाको सोकेसलाई स्वीकृति दिएको जनाइएको छ ।

यी हुन् आयोजनाः
जलविद्युतः पश्चिम सेती, एसआर– ६, तमोर, सुनकोसी– २, सुनकोसी– ३ र फुकोट कर्णाली तथा निजीतर्फ त्रिशुली गल्छी, मेगावाटको मध्यकालीगण्डकी, माथिल्लो चमेलिया, इङ्वा खोला, तल्लो बरुण र म्याग्दीखोला जलविद्युत् आयोजना ।
हवाई तथा सडक यातायातः निजगढ अन्तर्रा्ष्ट्रिय विमानस्थल, काठमाडौं रिङरोड, रामग्राम–तिलौराकोट, सुदूरपश्चिम सार्वजनिक यातायात, काठमाडौं मेट्रो रेल, पूर्व–पश्चिम विधुतीय रेल र काठमाडौं–पोखरा–लुम्बिनी विद्युतीय रेल ।
सहरी पूर्वाधारः हेटौंडा स्मार्ट सिटी, फोहोरमैला व्यवस्थापन बुटवल, फोहोरमैला व्यवस्थापन जनकपुर, रत्ननगर फोहोरमैला व्यवस्थापन र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र भक्तपुर ।
पर्यटन पूर्वाधारः जानकी हेरिटेज होटल, धुलिखेल ड्रिमल्यान्ड, तालतलैया पर्यटकीय क्षेत्र विकास, इटहरी, फिल्म सिटी,दोलखा तथा निजीतर्फबाट स्वर्गद्वारी केबलकार एण्ड टुरिजम, जालपादेवी केबलकार एण्ड टुरिजम र सिक्लेस अन्नपूर्ण केबलकार एण्ड टुरिजम ।
शिक्षा तथा स्वास्थ्यः गण्डकी प्राविधिक विश्वविद्यालय, धुलिखेल मेडिसिटी, लुम्बिनी मर्टरनिटी सेन्टर प्रोजेक्ट ।
औद्योगिक पूर्वाधारः सेज सिमरा, बाँकेको नौबस्ता औद्योगिक क्षेत्र र बुटबलको मोतिपुर औद्योगिक क्षेत्रका साथै निजी क्षेत्रका गरुड सिमेन्ट र आइएमई सिमेन्ट ।
कृषि पूर्वाधारर्ः पर्सागढी, प्रदेश–३ तर्फ चितवन र बनेपा, कर्णाली प्रदेश अन्र्तगत बीरेन्द्रनगर र सुदुरपश्चिमतर्फ गोदावरी शीत भण्डार, गोदाम तथा प्रशोधन केन्द्र र रासायनिक मल कारखाना ।
। पछिल्लो समयमा केही संख्यामा निजी क्षेत्रका र सार्वजनिक परियोजनाहरू थपिन लागेका हुन् । एक साताभित्र बस्ने निर्देशक समितिले यसबारे अन्तिम टुंगो लगाउने लगानी बोर्डले जनाएको छ ।

प्रकाशित : ३० फाल्गुन २०७५, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह