Logo

सूचना/प्रविधि

नेपाल टेलिकमको ‘चाडपर्व अफर’, ७८९ मा फेस्टिभ कम्बो प्याक


GDP नेपाल
   ३१ भाद्र २०८०, आइतबार


नेपाल टेलिकमले हिन्दु महिलाहरूको महान चाड तीज र संविधान दिवसको अवसरमा ‘चाडपर्व अफर’ ल्याएको छ ।

चाडपर्वको अवसरमा सहुलियत दरका डेटा र भ्वाइससहितको प्याक उपलब्ध गराउन लागिएको टेलिकमले जनाएको छ ।अफर अन्तर्गत ४९ रुपैयाँमा एक दिन प्रयोग गर्न सकिने १ एमबीपीएस अनलिमिटेड डेटाका साथमा नेपाल टेलिकमकै नेटवर्कमा प्रयोग गर्न सकिने १०० मिनेट भ्वाइस कल सुविधा सहितको प्याकेज उपलब्ध हुने एनटीसीले जनाएको छ।

त्यसैगरी ९८ रुपैयाँमा तीन दिनसम्म प्रयोग गर्न सकिने ६ जीबी डेटा प्याक उपलब्ध हुनेछ भने १९९ मा सात दिनसम्म प्रयोग गर्न सकिने १३ जीबी डेटा प्याक, २९४ मा १० दिनसम्म प्रयोग गर्न सकिने २० जीबी डेटा प्याक र ३९९ मा १५ दिनसम्म प्रयोग गर्न सकिने ३० जीबी डेटा प्याक उपलब्ध हुनेछ ।

यही अफर अन्तर्गत ७८९ मा फेस्टिभ कम्बो प्याक पनि लिन सकिने छ । प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि २८ दिन र पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि ३० दिनसम्म चलाउन सकिने समयावधि तोकिएको सो प्याकेज अन्तर्गत ३० जीबी डेटा, सबै नेटवर्कमा कल गर्न सकिने ६०० मिनेट अल नेट भ्वाइस सुविधा र २०० अल नेट एसएमएस सुविधा यसमा उपलब्ध हुन्छ ।

यो अफर आइतबारदेखि आगामी असोज ६ गतेसम्म सञ्चालन हुनेछ । आफ्नो मोबाइलबाट *1415*11# डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी यी प्याकहरु उपयोग गर्न सकिने टेलिकमले जनाएको छ ।

 

प्रकाशित : ३१ भाद्र २०८०, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह