Logo

सूचना/प्रविधि

१८ औँ वार्षिकोत्सवमा एनसेल अफर: ७ जनाले स्कुटर जित्न सक्ने मौका


GDP नेपाल
   ३१ भाद्र २०८०, आइतबार


एनसेल आजियाटा लिमिटेडले, १८ औं वार्षिकोत्सवमा अवसरमा आफ्ना ग्राहकलाई विभिन्न अफरहरुको घोषणा गरेको छ ।

आइतबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै कम्पनीले सबै ग्राहक मध्येबाट ७ जनालाई स्कुटर जित्न सक्ने अफरको घोषणा गरेको हो ।

पुरस्कार जित्न प्रयोगकर्ताले *१७११७# डायल गर्नुपर्ने हुन्छ । अफर एक्टिभेट भइसकेपछि सबै प्रयोगकर्ताले विभिन्न अफर पाउनेछन् ।

सहभागी हुने प्रयोगकर्ताले एनसेलले उपलब्ध गराउने दैनिक, साप्ताहिक र बम्पर अफरहरू पाउने सो कम्पनीको दाबी छ । दैनिक उपहारमा ग्राहकले बिना कुनै शुल्क एनसेलका विभिन्न अफरहरू पाउने छन् ।

त्यस्तै प्रत्येक हप्ता एनसेलका एक हजार ग्राहकले १०० रुपैयाँ ब्यालेन्स पाउनेछन् । यसैगरी अफरको अन्तिममा भाग्यशाली सात जनालाई एक एक ओटा स्कुटर दिने घोषणा कम्पनीले गरेको छ ।

एनसेलका अनुसार साप्ताहिक र बम्पर उपहार पाउनका लागि ग्राहकले अफर अवधिभर एनसेल सेवा प्रयोग गरेको हुनुपर्नेछ ।
यो अफर आज (आइतवार ३१ भदौ) देखि २८ दिनसम्म चल्ने बताइएको छ ।

प्रकाशित : ३१ भाद्र २०८०, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह